शनिबार, ६ बैशाख २०८२ ००:५२

नेकपा एमाले देवदहको सपथ ग्रहण देवदहमा सम्पन्न

शुक्रबार, १२ कार्तिक २०७८ १३:३०

कार्तिक १२, हेल्लो नेपाल ।

नेकपा एमाले देवदह नगर कमिटीको सपथ ग्रहण कार्यक्रम देवदहको खैरेनीमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेकपा एमालेका रुपन्देही अध्यक्ष शिवराज सुवेदीले रुपन्देहीको पुर्वी क्षेत्र देवदहबाट सुर्यको उदय भएको बताउनु भएको छ । पार्टी नेतृत्व सर्वसम्मतबाट चयन हुनु आफैमा पार्टीको जित भएको उल्लेख गर्दै अध्यक्ष सुवेदीले नयाँ जोस र उर्जाका साथमा अघि बढन नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आग्रह गर्नु भएको थियो । पार्टीको विधान महाधिवेशनले तय गरेको नीतिका आधारमा देशै भरिका वडा तथा पालिकाहरुको अधिवेशन सम्पन्न भएको बताउँदै पार्टीका लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य समेत रहनु भएका सुवेदीले जनताको सुखदुखमा सहभागी भएर पार्टी कामलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो ।

निर्वाचन संयोजन कमिटीका संयोजक ऋषिराम सापकोटा अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी सुवेदीले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो । कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्यहरु डा. कृष्ण न्यौपाने,जानकी न्यौपाने ,धुर्व प्रसाद खरेल,रेवती घले, पार्टी रुपन्देहीका सचिवालय सदस्य एवम क्षेत्रीय संयोजक यज्ञ गैरे , जिल्ला सदस्य झिल्लु प्रसाद न्यौपाने , निवर्तमान अध्यक्ष प्रकाश अर्याल , निर्वाचन प्रमुख अधिकृत डासीराम पाण्डे लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष टिकाराम चापागाईलाई निवर्तमान अध्यक्ष प्रकाश अर्यालले माइन्युट हस्तान्तरण गर्नु भएको थियो । देवदहको नगर अधिवेशनबाट टिकाराम चापागाईं अध्यक्ष, हिरा थापा उपाध्यक्ष , विष्णु अर्याल सचिव, फुलमाया राना र अजय रौनियार उपसचिव r रहेको ७५ सदस्यीय नगर कमिटी गठन भएको थियो ।