शनिबार, ६ बैशाख २०८२ ००:५२

नेकपा एमाले देवदह-८ को अध्यक्षमा दाताराम अर्याल

शनिबार, ६ कार्तिक २०७८ ११:५९

कार्तिक -६, हेल्लो नेपाल ।
नेकपा एमाले देवदह-८ को वडा अधिवेशन  सम्पन्न भएको छ । अधिवेशनले दाताराम अर्याल अध्यक्ष रहेको ३१ सदस्यीय वडा कमिटी चयन गरेको छ ।

कमिटीको उपाध्यक्ष हरि प्रसाद पौडेल, सचिव कालिका अर्याल, उपसचिवमा तिलक खत्री र दिलबहदुर थापा रहेको निर्वाचन कार्यदलका सदस्य अर्जुन खनालले जानकारी दिनु भयो ।

वडा कमिटी अध्यक्ष दाताराम अर्यालको अध्यक्षता र हरि पौडेलको संचालनमा भएको अधिवेशनमा जिल्ला सदस्य यम राना, क्षेत्रीय कमिटी सदस्य डण्डपानी भट्टराई , जिल्ला विभाग सदस्य खेम प्रसाद पाण्डे, प्रचार विभाग सदस्य त्रीलोचन दहाल, नगर कमिटी सदस्य खरसिह श्रीस, अर्जुन खनाल, देवु भट्टराई लगायतले बोल्नु भएको थियो ।

अधिवेशनले कातिक ९ गते सम्पन्न हुने नगर अधिवेशनका लागि प्रतिनिधि छनौट गरेको छ । देश भरी एकै पटक सम्पन्न अधिवेशनको पार्टी अध्यक्ष केपि ओलीले भर्चुअल माध्यमबाट उदघाटन गर्नु भएको थियो ।