नेकपा माओवादी केन्द्रले वडा सम्मेलन सानदार रुपमा सम्पन्न भएको निष्कर्ष

मंसिर १५, हेल्लो नेपाल ।
नेकपा माओवादी केन्द्रले वडा सम्मेलन सानदार रुपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ ।
बिहिबार पार्टी केन्द्रिय कार्यलय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकले वडा सम्मेलन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको हो । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रिय कमिटीका तर्फबाट र प्रदेश इन्चार्जहरुले प्रदेशका तर्फबाट रिपोर्टिङ गरेका थिए । केही पालिकामा सम्मेलन स्थगित भएकामा त्यो पनि एक दुई दिनभित्रमै सम्पन्न हुने माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । बैठकपछि सन्चारकर्मीलाई जानकारी दिँदै महराले पार्टी सदस्यता संख्या ७ लाख ६ हजार ५ सय पुगेको बताउनु भयो । कतिपय सदस्यको इन्ट्री हुन बाँकी रहेकाले सदस्यता संख्या ८ लाख पुग्ने महाराले दाबी गर्नुभयो । यस्तै पार्टीको राष्ट्रिय सम्मेलन काठमाडौको प्रज्ञा भवनमा तोकिएकै मितिमा गर्ने निर्णय गरेको महाराले बताउनु भयो ।
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म गर्ने निर्णय गरेको छ । यस्तै सबै प्रदेशको सम्मेलन एकैदिन गर्ने निर्णय पनि गरेको छ । मंसिर २५ गते हुने सम्मेलनको अध्यक्ष प्रचण्डले भर्चुअल मार्फत उद्घाटन गर्ने कार्यक्रम तय गरिएको जनाएको छ ।