शनिबार, ६ बैशाख २०८२ २२:५४

नेपाल लाईफ ईन्सुरेन्सको लुम्बिनी प्रदेश प्रमुखलाई भैरहवामा स्वागत तथा सम्मान

शनिबार, १६ आश्विन २०७८ ०३:५६

असोज १५, हेल्लो नेपाल।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.  भैरहवा शाखा तथा पेशागत बिमा अभिकर्ता संघ भैरहवाको संयुक्त आयोजनामा कम्पनीका लुम्बिनी प्रदेश प्रमुख पुरुषोत्तम सापकोटालाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

भैरहवा शाखामा पुर्व प्रमुखका रुपमा रहि जिम्मेवारी पूरा गर्नु भएका सापकोटालाई प्रदेश प्रमुख भएकोमा सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुरुषोत्तम सापकोटाले समुहगत कार्यमा एक्लै अगाडि बढेर कहिल्यै सफल हुन नसकिने भएको बताउदै  अभिकर्ताहरुको साथ र सहयोगको महत्त्वपूर्ण भुमिका रहने बताउनु भयो ।

उहाले लुम्बिनी प्रदेश मुलुक कै  आर्थिक विकासको धेरै सम्भावना बोकेको क्षेत्र भएकोले अभिकर्ताहरुलाई आर्थिक रुपमा जोड्न नेतृत्वले पहल गर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै सवैको निरन्तर पहलबाट सफलता हासिल गर्न सकिने  पेशागत बिमा अभिकर्ता  संघका सल्लाहकार उमेश थापाले बताउनु भयो  ।

कार्यक्रममा पेशागत संघका अध्यक्ष मोती शर्मा ,लालसा यादब,बाबुराम शर्मा ,राजेश यादव ,शिवचन्द्र वरही र सानू गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

शाखा प्रमुख रमेश कुमार पौडेलको अध्यक्षता भएको कार्यक्रममा स्वागत मन्तब्य रेशम सिं ठकुरी र संचालन गजेन्द्र कहारले गर्नु भएको थियो ।

सोअवसरमा अभिकर्ताहरुलाई इन्स्योरेन्सबारे लुम्बिनी प्रदेश प्रमुख पुरुषोत्तम  सापकोटाले सहजीकरण गर्नु भएको थियो ।

<span;> कम्पनीले इन्स्योरेन्सबारे नयाँ अभिकर्ताहरुलाई आवश्यकता अनुसार समय समयमा अभिमुखिकरण गरि रहने र भैरहवा शाखामा कृयाशिल रहेका ५०० जना अभिकर्ताहरुलाई पुर्नताजगी तालीम समेत दिईने शाखा प्रमुख रमेश कुमार पौडेलले बताउनु भयो ।