न्यायलयभित्रको विवाद लोकतन्त्रको निम्ति शोभनिय छैन- अध्यक्ष भट्टराई

कार्तिक १२, हेल्लो नेपाल ।
जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले न्यायलयभित्रको विवाद लोकतन्त्रको निन्ति शोभनिय नभएको बताउनुभएको छ ।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले न्यायलयभित्रको विवादले गम्भीर अनिष्टको संकेत गरेको समेत बताउनुभयो ।
उहाले न्यायलयभित्रको विवाद न्यायलयभित्रैबाट हल हुनुपर्ने भन्दै त्यसो हुन नसके व्यवस्थापिकाले समस्या हल गर्ने जिकिर गर्नुभयो । त्यस्तै उहाले एमाले अध्यक्ष केपी ओलीले न्यायलयको आन्तरिक बिषयमा हस्तक्षेप गर्नु खोज्नु पानी धमिलाएर माछा मार्नु जस्तो भएकाले त्यसो नगर्नु नै ठिक हुने सुझाव दिनुभयो । त्यस्तै कांग्रेस नेता भिमसेनदाश प्रधानले प्रधानन्याधिश कै कारण विवाद उठेको बतायनुभयो । न्यालयको विवाद न्यायलयबाटै निरुपण भए न्यायलयको इज्जत बढ्ने उहाको भनाई छ ।
त्यस्तै एमाले सांसद महेश बस्नेतले उहाले न्यायलयमा देखिएको समस्या व्यक्तिगत रुपमा भन्दा पनि नीतिगत समाधान हुनुपर्ने बताउनुभयो ।
बस्नेतले वर्तमान प्रधान्याधिश हटाएर नयाँ प्रधानन्याधिश ल्याउनका लागि विवाद सिर्जना गर्न खोजिको आशंका व्यक्त गर्नुभयो ।