पद र पैसाका निम्ती पार्टीभित्र व्यक्तिवादी स्वार्थ देखिन थाल्यो
साउन–२६,हेल्लो नेपाल ।
नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पद र पैसाका निम्ती आफ्नो पार्टीभित्र पनि व्यक्तिवादी स्वार्थ देखिन थालेको बताउनुभएको छ ।
बिहीबार पार्टी कार्यालय तीनकुनेमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले पद नपाए गुटबन्दी गर्ने र स्वार्थका निम्ती जे पनि गर्ने प्रबृति आफ्नो पार्टीका साथै नेपालको कम्युनिष्ट आन्दोलन भित्र देखिएको बताउनुभएको हो ।
‘म’ बाट सुरु गर्ने प्रवृति व्याप्त गरेको र ‘म’ ले पाईन भने जस्तो सुकै कुकर्म गर्न पनि तयार हुने प्रवृतिलाई अन्त्य गरेरै छाड्नुपर्ने उहाको भनाई छ । सिद्धान्त र आदर्श प्रति समर्पित हुने भावना राख्नुपर्ने र ‘म’ भन्दा भिन्न सोच राख्ने कुरामा अघि बढ्नुपर्ने अध्यक्ष नेपालले बताउनुभयो ।
पूर्व प्रधानमन्त्री नेपालले आफ्ना पार्टीका नेताहरुलाई जनताका समस्याहरुलाई बुझ्ने गरि पार्टीको असल कार्यकर्ता भएर भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो ।