पार्टीप्रति जनताको भरोसा र विश्वास जोगाइराख्नका लागि नेतृत्व परिवर्तन जरुरी : नेता सिंह

असोज १४, हेल्लो नेपाल ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी प्रति जनताको भरोसा र विश्वास जोइराख्न पनि नेतृत्व परिवर्तन गर्न जरुरी रहेको बताउनुभएको छ ।
बुधबार नेपाली कांग्रेस काठमाडौं ३२ वडाका नवनिर्वाचित कांग्रेस पदाधिकारीलाइ बधाई दिन आयोजित कार्यक्रममा नेता सिंहले बर्तमान नेतृत्वले अलोकतान्त्रिक गतिविधीहरु गरिरहेको र यसले पार्टीको मौलिक सिद्धान्तलाई असर गरिरहेको भन्दै नेतृत्व परिवर्तन गर्न जरुरी रहेको बताउनुभएको हो ।
उहाले पार्टी नेतृत्वले आगामी महाधिबेशन अलोकतान्त्रिक तबरले गर्ने प्रयास गरेको भन्दै आफुहरुले त्यसो हुन नदिने पनि बताउनुभयो । पदमा जानको लागी तिव्र प्रतिस्पर्धा हुने तर पदमा पुगेपछि जिम्मेवारीबाट पछि हट्ने नेताको प्रवृतीले पार्टीलाई अप्ठ्यारोमा उहाँको भनाई छ ।
उहाले लोकतन्त्र र काँग्रेस एकै सिक्काका दुई पाटा भएको बताउँदै पार्टी भित्र पनि लोकतन्त्रको आन्तरिक अभ्यास हुन जरुरी भएको बताउनु भयो । त्यस्तै उहाले आगामी महाधिवेशनमा नेतृत्वको बिषयमा छलफल भइरहेको र प्रतिष्पर्धा पनि हुने देखिएको भन्दै आफु पनि नेतृत्वको लागि तयार रहेको धारणा राख्नुभयो ।
उहाँले आगामी महाधिबेशनमा कसैको प्रलोभनमा नपर्न समेत कार्यकर्तालाई आग्रह गर्नुभयो ।