पुर्वमन्त्री श्रेष्ठ र काठमाडौ महानगरका मेयर शाक्य देवदहमा

कार्तिक १३, हेल्लो नेपाल ।
देवदहमा निर्माण भई रहेको यशोधरा भिक्षुणी विहारको पुर्व मन्त्री कृष्ण गोपाल श्रेष्ठ र काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अवलोकन गर्नु भएको छ ।
अन्तर्राष्ट्रिय भिक्षुणी संघले निर्माण गर्न लागेको विहारको अवलोकन गर्दै पुर्वमन्त्री श्रेष्ठले विहारको निर्माणबाट देवदहको विकास र प्रवर्द्धनमा मद्धत पुग्ने बताउनु भयो ।
देवदह क्षेत्र नेपालको मात्रै नभएर विश्वकै लागि महत्त्वपूर्ण क्षेत्र भएकाले स्थानीयवासीले देवदहको विकासमा एकतावद्ध भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।

त्यसै गरि काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वुद्धको मावली गाउँमा निर्माण हुँदै गरेको विहारले वुद्ध शिक्षा र दर्शनको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
सो अवसरमा वोधी टेलिभिजनका अध्यक्ष संजीव तुलाधरले निर्माण हुँदै गरेको विहारको भौतिक संरचनाको बारेमा जानकारी गराउनु भएको थियो ।
धर्मोदय सभा र वौद्ध सेवा समितिले संरक्षण गरि राखेको जमिन देवदह नगरपालिकाले विहार निर्माणका लागि हस्तान्तरण गरेको थियो ।