पैसा खर्च गरेर चूनाव जित्न खोज्नेहरु यसपटक अत्तालिए-नेपाल
मंसिर–७,हेल्लो नेपाल ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पैसा खर्च गरेर चूनाव जित्न खोज्नेहरु यसपटक अत्तालिएको टिप्पणी गर्नुभएको छ ।
बुधबार रौतहट–१ मा जारी मतगणनाको अवस्थामा बुझ्न मतगणना स्थलमा पुग्नुभएका अध्यक्ष नेपालले सञ्चारकर्मीसंग कुरा गर्दै जनताको मत किनेर चूनाव जित्न खोज्नेहरु यसपटक अत्तालिएको टिप्पणी गर्नुभएको हो ।
अध्यक्ष नेपालले अहिलको चूनाव आफुले पैसा खर्च नगरेर जितेको दाबी गर्दै उहाँले जनतालाई लुटेर पैसा कमाउन चाहनेहरु पैसा खर्च नगरि कुनै काम गर्न नै नसक्ने बताउनुभयो । पुर्वप्रधानमन्त्री समेत रहनुभएका नेपालले देउवा सम्बन्धी अभिव्यक्तिले उनीहरु लुटको राज्य सकिन्छ कि भनेर डराएको जिकिर गर्नुभयो ।
अध्यक्ष नेपालले आफु र आफ्ना पार्टीले देशको बिकासका साथै जनताको समस्या समाधानका लागि गरेको प्रतिवद्धता पुरा गर्ने बताउनुभयो ।