शनिबार, ६ बैशाख २०८२ ०१:०२

प्रचण्डले इमान्दारीता देखाउन नसक्दा कम्युनिष्ट पार्टी बिभाजन भयो-ओली

शुक्रबार, १० असार २०७९ १२:१७

असार–१०,हेल्लो नेपाल ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले इमान्दारीता देखाउन नसक्दा कम्युनिष्ट पार्टी बिभाजन भएको आरोप लगाउनुभएको छ ।

शुक्रबार एमाले कार्यालयमा भएको कार्यक्रममा ओलीले आफुले कसैलाई पार्टीबाट ननिकालेको भन्दै प्रचण्डले एकता प्रति इमान्दारीता देखाउन नसक्दा कम्युनिष्ट पार्टी बिभाजन भएको बताउनुभएको हो ।

प्रचण्डले पार्टी एकताको चरम दुरुपयोग गरेको र पार्टी अध्यक्ष माथि आरोपको पुलिन्दा बनाएकोमा दुख व्यक्त गर्नुभयो । ओलीले पार्टीबाट आफुलाई निष्कासन गरेर पार्टी कब्जा गरेर प्रतिक्रियाबादीको सेवामा अर्पण गर्ने काम प्रचण्डले गरेपनि पार्टीलाई जोगाएको बताउनुभयो । त्यस्तै ओलीले सरकारले स्थानीय तह निर्वाचनमा राज्य शक्तिको दुरुपयोग चरम दुरुपयोग गरेपनि एमालेको जनमत नघटेको दावी गर्नुभयो ।

१५ साल यता अहिले जस्तो राज्यशक्तिको दुरुपयोग कहिल्यै नभएको उहाको भनाई छ । उहाँले केहि सिटमा पछि परे पनि आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुने कुरामा कसैले रोक्न नसक्ने जिकिर गर्नुभयो ।

ओलील समाजवादमा पुग्ने वैचारिक स्पष्टता एमालेमा मात्रै रहेको दावी गर्नुभयो ।