शुक्रबार, २८ चैत्र २०८१ २१:४०

प्रदेश सांसद पाण्डेले पत्रकारलाई समेत ठगे – यादव

मंगलवार, १५ कार्तिक २०७९ ०६:३२

भैरहवा, १५ कार्तिक ।

जसपा केन्द्रिय सदस्य तथा प्रदेश सभा सदस्यका उम्मेदवार महेन्द्र यादवले प्रदेश सांसद सन्तोष पान्डेले पत्रकारलाई समेत ठगेको आरोप लगाएका छन् ।

भैरहवामा सोमबार उद्योगी, ब्याबसायीसंग छलफल तथा अन्तरकृया कार्यक्रममा बोल्दै महेन्द्र यादवले आफुले कहिल्यै कसैलाई हुन्छ, भनेर झुठो आस्वासन नदिएको तर पाण्डेले सदैब जनता झुक्याएको र राज्यको चौथो अंगलाई समेत झुक्याउन सफल भएको बताए । उनले जताततै नहुने कामलाई हुन्छ भनेर जनतालाई आस्वासन दिन सफल भएका थिए पत्रकारलाई समेत ठगे । यादवले भने, आफु मन्त्री भएको बेलामा लुम्बिनी प्रेस क्लबको भवन बनाउन ५० लाख दिन्छु भनेर दिएनन।

म मेरो ठाउं भैरहवामा सकृय पत्रकारहरुको संस्था लुम्बिनी प्रेस क्लबलाई जसरी पनि बजेट पार्छु भन्ने तर अन्तिममा रातो किताबमा पार्न नसक्ने त्यस्ता सांसदको के काम यादवले प्रश्न गरे । यादव भन्छन्, पत्रकारलाई ठग्ने, चौथो अंगलाई समेत ठग्ने ब्यक्ति जनतासंग नहुने कामलाई हुन्छ भनेर सदैब जनता ठग्न सफल भएको हुंदा त्यस्ता ब्यक्तिलाई हराउनु पर्छ । म जनतालाई ठगें भने अर्को पटक तपाईंसंग मत माग्न पनि आउंदिन, यादबले भने । सन्तोष पान्डे २०७४ सालमा प्रदेश सभा सदस्यको उम्मेदवार हुंदाका बिभिन्न पत्रिकाका बिज्ञापनको पैसा पनि नदिइ दिन्छु भनेर अहिले सम्म झुटको खेती गरेको यादवले बताए । जसपाका नेता महेन्द्र यादव एमाले, राप्रपाको समर्थनमा प्रदेश सभा सदस्य क्षेत्र नं ३ क उम्मेदवार हुन् भने ५ दलिय गठबन्धनको समर्थनमा सन्तोष पान्डे लोसपाबाट उम्मेदवार बनेका छन् ।