प्रधानमन्त्री ‘प्रचण्ड’आज अपराह्न ४:२० बजे स्वदेश
भारत । चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कदैछन् । गत जेठ १७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्ड आज अपराह्न ४:२० बजे नेपाल एअरलाइन्सको बिमानमार्फत स्वदेश फर्कन लागेका हुन् ।
चार दिने भारत भ्रमणको क्रममा पहिलो दिन प्रधानमन्त्री दाहालले भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए भने उनी सोही दिन नयाँ दिल्लीस्थित नेपाली राजदुतवासले आयोजना गरेको रात्री भोजमा सहभागी भएका थिए । त्यसै गरी जेठ १८ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । जेठ १९ गते महाराष्ट्रको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा उनी पुजा अर्चना गर्न पुगेका प्रधानमन्त्री दाहालले महाकालेश्वर मन्दिरमा पुजा अर्चना गर्नुका साथै नेपालवाट लगिएको १०८ केजी रुद्राक्ष तथा ५१ हजार रुपैया दान गरेका थिए। त्यस्तै दिउँसो इन्दौर देवगुराडिया ट्रेचिङ ग्राउन्डमा स्थापित एशियाको सबैभन्दा ठुलो नेप्रा र सिएनजी प्लान्टको अवलोकन गर्न पुगेका थिए ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले शनिवार बिहान आज महाराष्ट्रस्थित टाटा कन्सेल्टेन्सी सर्भिसको भ्रमण र लगतै बिज्ञान प्रबिधिसम्बन्धि विश्व प्रसिद्ध संस्था इन्फोसिसको भ्रमण गर्नेछन । स्पेशल इकोनोमजी जोनको भ्रमण सके पछि उनी साँझ ४ः२० बजे स्वदेश फर्कनेछन् ।