शुक्रबार, २८ चैत्र २०८१ २३:०३

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण देशको हितमा छैन-अध्यक्ष ओली

सोमबार, २२ जेष्ठ २०८० ११:५५

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण देशका लागी फलदायी नभएको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले प्रधानमन्त्रीको भारत भ्रमणबाट उत्साहित हुनुपर्ने बेला झन् थप निराश बन्नुपर्ने अवस्था आएको बताए । 

अध्यक्ष ओलीले प्रधानमन्त्रीले बङ्गलादेश जाने बाटोसँग लिपुलेक लिम्पियाधुरा सट्टापट्टा गर्ने कुरा आएको दाबी गर्दै बङ्गलादेशसम्म आवागमन हुने बाटो अहिले पनि खुल्ला रहेको तर्क गरे ।

उनले सीमा विवाद समाधानको लागी बङ्गलादेश मोडेल ठिक नरहेको बताउँदै प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई थप संकटको बाटोमा लगेको बताए ।