प्रवासबाट फर्किएका युवा राजनीतिमा : सेवक भएर काम गर्ने खनालको प्रतिवद्दता

फाल्गुन १, हेल्लो नेपाल ।
पछिल्लो समय प्रवासबाट फर्किएका युवाहरुको राजनीति मोह देखिन थालेको छ। विभिन्न मुलुकहरुमा अध्यन तथा रोजगार बाट फर्केका युवाहरु राजनीतिमा सक्रिय भएर लागेका छन्। उनीहरुको दावी छ -बिदेशमा सिकेको ज्ञान र सिपलाई राजनीति मार्फत नीति निर्माणको स्थानमा पुगेर लागु गर्ने। त्यस्तै कोरियाबाट फर्केर राजनीतिमा सक्रिय युवा पोषराज खनालले स्थानिय निकायको आगामी निर्वाचनमा गाउपालिका अध्यक्षको उम्मेद्वारी घोषणा गर्दै आफ्ना प्रतिवद्दता सार्वजानिक गरेका छन्। यस्ता छन् उनका प्रतिवद्दता पत्र –
अब आउने चुनाबमा म सुद्दोधन गाउँपालिका अध्यक्षका लागि जनताबाट निर्वाचित भएमा मेरो प्रतिबद्दता /घोषणापत्र
१- म निस्वार्थ रुपमा काम गर्ने छु ।
२- म कार्यभार समालेको पहिलो दिन र कार्यभार छाड्ने अन्तिम दिन आफ्नो नाममा भएको चल अचल सम्पती प्रमाण सहित सार्वजनिक गर्ने छु ।
३- म पैसा कमाउनको लागि कुनै पनि काम , ब्यवसाय वा जागिरको लागि अनुचित दबाब र प्रभावमा पर्ने र पार्ने छैन
४- म आफुलाई गाउँ पलिकाको “सेवक” को रुपमा प्रस्तुत गर्ने छु ।
५- गाउँ पालिका भित्रका खाजा , ईन्धन लगायतका भौतिक सुबिधाका सबै अतिरिक्त खर्चहरुको कटौटी हुने छ ।
६- प्रत्येक महिनाको अन्त्यमा नगरका सबै खर्चहरु पारदर्शी रुपमा वेवसाईटमा सार्वजनिक गरिने छ ।
७- नगर भित्र पावर, पहुच, बल र पैसाका आधारमा नभएर नियम कानुन र सिस्ट्मका आधारमा काम गर्ने पद्द्तीको बिकास हुने छ ।
८- गाउँ पालिका बाट हुने अधिकांश कामहरु डिजिट्ल माध्यमबाट हुने छन ।
९- गाउँ पालिका भित्रका अति बिपन्न परिवारलाई निशुल्क पानी र बिजुलीको ब्यवस्था हुने छ । ( निशुल्क खपत गर्न पाउने युनिट तोकिने छ ) ।
१०- पालिकाले पालिका भित्रका सबै नागरिकलाइ समेटन सक्ने स्वास्थ्य बिमाको अवधारणा ल्याउने छ ।
११- पाच बर्ष भित्रमा गाउँपालिका भित्रका सबै बिपन्न नागरिकको लागी स्वस्थ्य बिमा निसुल्क गरिने छ ।
१२- रिंग रोड , रंगशाला र बसपार्कका कामलाई तिब्रता दिईने छ ।
१३- गाउँ पालिका भित्रका अति बिपन्न बिद्यार्थीहरुका लागि कक्षा १२ सम्म निशुल्क शिक्षा दिईने छ ।
१४- बिदेश जान चाहने सबैलाई निशुल्क सिप बिकासको तालिम दिईने छ ।
१५- गाउँ पालिका भित्रै केही गर्न चाहनेहरुका लागि ३ बर्षका लागि ब्याज बिना निश्चित रकम सम्मको ऋण उपलब्ध गराईने छ । ऋणका लागि धितोको आवस्यकता पर्ने छ ।
१६- गाउँ पालिका भित्र हुने साना ठुला सबै ब्यवसायहरुलाई करको दायरामा ल्याईने छ ।
यि सामान्य कुराहरु हुन यती पनि गर्न नसके मैले पुन कुनैपनि राजनीतिक वा सामाजिक पदमा पुन दाबि गर्ने छैन र यो नै मेरो अन्तिम राजनीतिक यात्राको रूपमा राखेर आफुलाइ अस्क्षम घोषणा गरि राजनीतिबाट सन्यास लिने छु
जय नेपाल ।