शनिबार, ६ बैशाख २०८२ ०६:५८

प्राप्त उपलब्धि रक्षा गर्न कार्यकर्ताहरु लाग्नु पर्छ – लिला गिरी

सोमबार, १९ पुष २०७८ १४:४०

पौष १९, हेल्लो नेपाल ।

नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश कमिटीका सह- ईन्चार्ज लिला गिरीले गलत प्रवृति र सोचका विरुद्ध पार्टी कर्याकर्ताहरु जिम्मेवार भएर लाग्नु पर्ने बताउनु भएको छ । पार्टीको नवौ जिल्ला अधिवेशनको पुर्वसन्ध्यामा भएको कमिटीको वैठकलाई सम्बोधन गर्दै गिरीले आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धि रक्षा गर्न पार्टी कार्यकर्ताहरुले ध्यान दिनु पर्ने बताउनु भयो । कम्युनिष्ट पार्टी मुलुक र जनताको लागि कृयाशिल रहनु पर्ने बताउदै उहाले कुनै पनि खालको विचलन पार्टी हित विपरित हुनेमा जोड दिनु भयो । पार्टीले सरकारको नेतृत्व गर्दा प्राप्त उपलब्धिहरुका वारेमा प्रचार हुन नसकेको उल्लेख गर्दै गिरीले भएका कामको समीक्षा गरि जनताको कामलाई थप प्रभावकारी बनाउन सवै कार्यकर्ता लाग्नु पर्ने बताउनु भयो । रुपन्देहीको पार्टी कमिटीले गरेका निर्णय र आन्दोलनका कार्यक्रमले राष्ट्रिय राजनीतिलाई नै प्रभाव पारेको ईतिहास स्मरण गर्दै उहाले अबको अधिवेशनबाट उर्जावन नेतृत्व चयन गर्नु पर्ने धारणा राख्नु भएको थियो ।

त्यसै गरि वैठकमा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही ईन्चार्ज भुमिश्वर ढकालले विभिन्न चुनौतीको सामना गरि एकतावद्ध भएर अधिवेशन सम्पन्न गर्न सवै प्रतिवद्ध भएर लाग्नु पर्ने बताउनु भयो । उहाले आसन्न जिल्ला अधिवेशन पनि सहमति र एकता अधिवेशनका रुपमा सम्पन्न गर्नु पर्ने बताउदै योग्य र सक्षम कार्यकर्ता पङ्तिले पार्टीको मुल मर्म र भावना अनुरुप अघि बढने विश्वास व्यक्त गर्नु भयो । पार्टीको दशौ राष्ट्रिय महाधिवेशन र पालिका तहका अधिवेशनले स्थापित गरेको सहमतिको नजिरलाई अनुशरण गर्दै जिल्ला अधिवेशन सम्पन्न गर्नु आजको आवश्यकता रहेको भन्दै उहाले त्यसबाट पार्टी थप शसक्त बन्ने बताउनु भएको थियो ।

पार्टीका पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह- ईन्चार्ज दधिराम न्यौपाने , पोलिट व्युरो सदस्य खिमलाल भट्टराई , केन्द्रीय सदस्य सावित्रा अर्याल, गुमा देवी आचार्य लगायत नेताहरुको आतिथ्यतामा भएको वैठक पार्टी केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष शिव सुवेदीको अध्यक्षता, उपाध्यक्ष पुरुषोत्तम सुवेदीको स्वागत र सचिव जागेश्वरी चौधरीको संचालनमा भएको थियो । वैठकले नवौं जिल्ला अधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, आर्थिक र संगठनात्मक प्रतिवेदन पारित गरेको छ । त्यसै गरि अधिवेशनमा भुगोल र कलस्टरबाट १०५३ तथा मनोनित गरि कुल ११ सय ६ जना प्रतिनिधि सहभागी रहने वैठकले निर्णय गरेको छ । त्यसै गरि अधिवेशन व्यवस्थापनका लागि १ सय जना स्वयंसेवक परिचालन गरिने पार्टीका सचिव जागेश्वरी चौधरीले जानकारी दिनु भयो ।