बसन्त पन्चमीकोअवसरमा सियारीमा अस्पतालको शिलान्यास

तुलसीराम पौडेल, सियारी
वसन्त पन्चमीको अवसरमा सियारी गाउँपालिका -४ छपियामा १५ बेडको अस्पतालको शिलान्यास भएको छ। सियारी गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले आइतबार उक्त अस्पतालको शिलान्यास गर्नु भएको थियो । प्रत्येक गाउपालिकामा १५ बेडको अस्पताल निर्माण गर्ने नेपाल सरकारको नीति अनुरुप सियारी गाउँपालिकामा स्वीकृत भएपछि अस्पतालको शिलान्यास गरिएको गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले बताउनु भयो ।अस्पताल निर्माणको लागि २७ करोड इस्टिमेट गरिएको भएपनी २३ करोडमा टेण्डर भएको अध्यक्ष अयोध्याले बताउनु भयो । उक्त अस्पताल निर्माणको लागि केन्द्रिय सरकारबाट १८ करोड ६ लाख विनियोजन भएको र बाकी रकम गाउँपालिकाले व्यवस्थापन गर्ने गाउपालिका अध्यक्ष अयोध्या थारुको भनाइ थियोे ।

अस्पताल २१७ फुट लम्बाइ १०७ फुट चौडाइ भएको भवनको हुने उहाले बताउनु भयो । अस्पताल शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अमृता गुरुङ , प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराई , लेखा शाखा प्रमुख नारायण पौडेल , गाउपालिका कार्यालय विभिन्न शाखा प्रमुखहरु , स्वास्थ्य शाखाका कर्मचारीहरु , वडा अध्यक्षहरु ,वडा सदस्यहरु ,समाजसेवी , विद्यार्थी , स्थानीय बुद्धिजीवी लगायतको उपस्थिति थियोे ।