मगर संसारको पहलमा स्याङ्जा वालिङ्गका दुर्घटना पिडितलाई सहयोग
असार–१,हेल्लो नेपाल ।
मगर संसार फोटो ग्यालरीले स्याङ्जा वालिङ्ग–१२,डांडाखर्कका गाडी दुर्घटना पिडित परिवारलाई आर्थिक सहयोग गरेको छ ।
बैशाख महिनामा गाडी दुर्घटना परी मृत्यु भएका ६ जना घाइते भएका ३ एउटै गाउँका मगर समुदाय भित्रका र आर्थिक अवस्था कमजोर रहेकाले घाइते परिवारको उपचार खर्चको लागी राहत स्वरुप मगर संसार फोटो ग्यालरीको पहलमा संकलित सहयोग रकम पिडित परिवारलाई मगर संसारका एडमिन शान्ति राना मगर र स्थानीय मगर बुद्धिजीवीहरूको उपस्थितिमा हस्तांतरण गरेको हो ।
मगर संसार फोटो ग्यालरीले हालसम्म १०७ जना दुःखमा परेका बिपन्न परिवार र बिरामीलाई सहयोग गरी सकेको मगर संसारका अध्यक्ष अनिल लामिछाने मगर जानकारी दिनुभयो ।
सहगोगी दाताहरुः–
१.अनिल लामिछाने मगर ( मगर संसारका अध्यक्ष हाल कोरिया रु.२ हजार
२. हुमन सारू मगर (गल्यांङ्ग–८,स्याङ्जा हाल कोरिया कोरियन ३० हजार वोन
३. यम ब.सुनारी मगर ( पाल्पा निस्दी–७,हाल मलेशिया रु.२,८१०।–
४. लोक राना मगर काठमाडौं हाल युके रु.१० हजार
५. लाले बुढा मगर (पूर्वी रुकुम तकसेरा हाल अमेरिका रु.५ हजार)
६. दीपक दर्लामी मगर वालिङ्ग–२, स्याङ्जा हाल कोरिया कोरियन ३०,००० वोन