बुधबार, ३ बैशाख २०८२ २०:००

मन्त्रि मण्डलले पूर्णता नपाउनु देशका लागि चिन्ता र दुखको बिषय-निधि

शनिबार, १६ आश्विन २०७८ १४:०२

असोज–१५, हेल्लो नेपाल ।
नेपाली कांग्रेसका उप सभापति विमलेन्द्र निधिले सरकार बनेको लामो समयसम्म मन्त्रि मण्डलले पूर्णता नपाउनु देशका लागि चिन्ता र दुखको बिषय भएको बताउनुभएको छ । गान्धी जयन्ती तथा अन्तराष्ट्रिय अहिंसा दिवसका अवसरमा महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको बिचार गोष्ठीमा निधिले मन्त्रिमण्डलले पूर्णता नपाउदा सरकारप्रति निराशा बढ्ने खतरा रहेको र देशका लागि चिन्ता र दुखको बिषय भएको बताउनुभएको हो ।

उहाले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेर बहादुर देउवा र गठबन्धन दलहरुले छिटो मन्त्रिमण्डललाई पूर्णता दिन सक्रियता देखाउनुपर्ने धारणा राख्नुभयो । मुलुकमा चूनाव आउन केहि समयमात्र बाकि रहेको अवस्थामा मन्त्रिमण्डलले पूर्णता नपाउनुले त्यसको असर चूनावमा पर्ने उहाको भनाई छ । निधिले आगामी चूनावमा गठबन्धनको स्वरुप र योजना पनि जनतामाझ लानुपर्ने जिकिर गर्नुभयो ।

उहाले कांग्रेस जनताले बिश्वास गरेको पार्टी भएको भन्दै सरकारमा रहेका बेला जनताको आशालाई निराशामा बदल्न दिन नहुने उल्लेख गर्नुभयो ।