आईतवार, ७ बैशाख २०८२ ०३:४८

मन्त्री पौडेल द्वारा काठमाडौंको दरबार हाई स्कुलको अनुगमन

बिहीबार, १६ मंसिर २०७८ ०२:५५

मंसिर १५, हेल्लो नेपाल ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षण सिकाइ बिधिलाई आवश्यकता अनुसार परिमार्जन गर्दै लैजाने बताउनुभएको छ ।

सार्वजनिक विद्यालय अनुगमनका क्रममा बुधबार काठमाडौंको दरबार हाई स्कुलको अनुगमन गर्र्दै मन्त्री पौडेलले सार्वजनिक शिक्षालाई सुधार गर्नका लागि शिक्षण सिकाइ बिधिलाई आवश्यकता अनुसार परिमार्जन गरिने बताउनुभएको हो ।

शिक्षण प्रक्रियासँग सम्बन्धित कतिपय कमी कमजोरीलाई सच्याएर त्यसको तुरुन्त अनुगमन गर्ने र शिक्षण सिकाइसँग सम्बन्धित प्रविधिका बिषयमा गम्भीरतापूर्वक मन्त्रालयले ध्यान दिने उहाले बताउनुभयो । उहाले शिक्षा क्षेत्रको बिकासका लागि बिद्यालयदेखि अभिभावकसम्म गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । मन्त्री पौडेलले दरबार हाई स्कुलको शैक्षिक प्रणाली सुधार देखिएको उल्लेख गर्नुभयो ।

उहाले बिद्यालयको गुणस्तर सुधारका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।