मानपकडीमा कांग्रेसकाे प्रचारप्रसार कार्यालयको उद्घाटन

शुद्दोधन – रुपन्देही शुध्दाेधन गाउँपालिका मानपकडीमा नेपाली कांग्रेसले प्रथम प्रचारप्रसार वडा समितिको कार्यालयकाे उद्घाटन तथा नेपाली कांग्रेस क्रियाशील तथा कार्यकर्ता भेला कार्यक्रम एक समारोहबीच शुध्दाेधन गाउँ पालिका वडा नः५ मानपकडीमा सम्पन्न भएको छ।
नेपाली कांग्रेस शुध्दाेधन ५ का सभापति चन्द्रभान चौधरीको अध्यक्ष्ातामा र नेपाली कांग्रेस जिल्ला सभापति रामकृष्ण खाँणकाे प्रमुख्यातामा भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति रामकृष्ण खाँणले प्रचारप्रसार कार्यालयको उद्घाटन तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी कार्यालय स्थापना भएकोमा खुशी व्यक्त गर्दै अब स्थानीय चुनावमा सबै पार्टीका कार्यकर्ता एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।

यस्तै फरक प्रसङ्गमा सभापति खाणले एमसिसी एक सहयोगी परियोजना भएको भन्दै यसले देशको विकास गर्न टेवा पुर्याउने दाबी गर्नुभयो।नेपालको सडक र विद्युत उत्पादनमा सहयोग पुर्याउने परियोजना भएकोले यस्लाइ पारित गर्नुपर्ने बताउनुभयो ।उहाले कम्युनिस्ट पार्टीले एमसिसीलाई अनावश्यक बखेडाको विषय र दोहोरो चरीत्र देखाएको आरोप लगाउनुभयो।नेपाली कांग्रेस पुष्पा चौधरीले कार्यक्रममा बोल्दै नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो पार्टी रहेको र देशको विकासको निम्ति धेरै भन्दा धेरै लागि परेको र शुध्दाेधन गाउँ नेपाली कांग्रेसका कार्यकर्ता हरु एक जुटभएर लाग्नुपर्ने मा जोड दिनुभयो।

नेपाली कांग्रेस शुध्दाेधन गाउँ पालिकाका अध्यक्ष दामोदर पौडेल,नेका शुगापा २सभापति कमल खड्का,पार्टी पालिक सभापति दामोदर पौडेल,पुर्व महासमिति सदस्य भगवती चौधरी,प्रदेश न.३ख का सभापति घनश्याम चालिसे,निर्वाचन क्षेत्र नः३का सभापति सुशील गुरुङ लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो।नेका शुगापाका सदस्य दुर्बली यादवको स्वागतमा र नेका शुगापा५ का सचिव पलटन चौधरीको संचालनमा सो कार्यक्रम सम्पन्न भएको हो।