मंगलवार, १६ बैशाख २०८२ १७:३५

मुलुकभन्दा ठूलो गठबन्धन होइन- चित्र बहादुर केसी

बिहीबार, २७ माघ २०७८ ०६:१२

माघ २७, हेल्लो नेपाल ।

राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष अध्यक्ष चित्र बहादुर केसी ले मुलुकभन्दा ठूलो गठबन्धन नभएको स्पष्ट पार्नुभएको छ ।

एमसीसी बिरुद्धमा बुधबार काठमाडौंमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले प्रतिगमनका बिरुद्ध गठबन्धन बनाइएको भन्दै मुलुकभन्दा ठूलो गठबन्धन हुन नसकने बताउनुभएको हो । उहाले जनमोर्चाले गठबन्धन जोगाउन भन्दा मुलुकलाई जोगाउन लागि पर्ने जिकिर गर्नुभयो । अहिले संसद र न्यायलयलाई दलहरुले ध्वस्त पार्ने काम गरेको उहाको भनाई छ ।

उहाले एमसीसीलाई पत्र लेखेर राजनीतिक दलका नेताहरुले बेठिक काम गरेको पनि बताउनुभयो । एमसीसीका नाममा नेपालमा अमेरिकी साम्राज्यवादले शासन गर्न खोजेको भन्दै यस बिषयमा राजनीतिक दलहरु गम्भीर हुनुपर्ने उहाले बताउनुभयो । केसीले एमसीसी मार्फत अमेरीकाले नेपाललाई चीन विरोधी अखडा बनाउन खोजिएको र नेपालको जलश्रोतलाई कब्जा गर्न खोजेको जिकिर गर्नुभयो ।

कार्यक्रममा सहभागी अन्य वक्ताहरुले एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको रहेको पुष्टि भइसकेको भन्दै खारेज गर्नुपर्ने धारणा राखेका थिए ।