शुक्रबार, २८ चैत्र २०८१ २२:४७

मुलुक बनाउने अभियानमा सवै मिलेर अघि बढ्नुपर्छ : महामन्त्री शर्मा

शनिबार, २७ आश्विन २०८० १३:०३

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुक बनाउने अभियानमा सवै मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

नेकपा एमाले झापा–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा शर्माले दलहरुबीच जति नै मतभेद र तिक्तता भएपनि मुलुक बनाउने अभियानमा सवै मिलेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।

शर्माले नयाँ दलहरुको आगमनसंगै पुराना दलको योगदानलाई पनि भूल्न नहुने भन्दै नयाँ दलको ऊर्जासँगै संस्कृति पनि नयाँ बनाएर जानुपर्ने धारणा राख्नुभयो । देशमा केहि बनेको भन्दै मुलुकका लागि अझै धेरै काम गर्न बाँकी रहेको उहाले बताउनुभयो ।

शर्माले ६२–६३ को आन्दोलनपछि एमाले ९ पटक र कांग्रेस ८ पटक सरकारमा गएको भन्दै देशमा भएका राम्रोका काम र नराम्रा कामको सवैले जिम्मेवारी लिनुपर्ने बताउनुभयो । त्यस्तै शर्माले एमाले अध्यक्ष केपी ओलीले कांग्रेस ३२ सीटे माओवादीको पछि हिँडेको टिप्पणी गरेको स्मरण गर्दै अहिले कोशीमा एमाले ८ सीटको पछि लागेको तर्क गर्नुभयो ।

महामन्त्री शर्माले झापामा एमाले उदार भएका कारण आफु संसदमा आउन सफल भएको बताउनुभयो ।