शनिबार, ११ माघ २०८२ १५:१४

मेरो अमेरिका भ्रमण सफल भयो : परराष्ट्रमन्त्री खड्का
[addtoany]

बिहीबार, १४ आश्विन २०७८ ०६:२२

आश्विन १४, हेल्लो नेपाल ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रिय हित र कूटनीतिक सम्बन्ध बिस्तारका दृष्टिले आफ्नो अमेरिका भ्रमण सफल भएको बताउनुभएको छ ।

अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा सहभागी भइ बिहीबार स्वदेश फर्केलगतै त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले महासभामा कोभिड १९ महामारी, जलवायु परिवर्तन, दीगो विकास लक्ष्यसहितका विषयमा नेपालको स्पष्ट धारणा राखेको जानकारी दिनुभयो ।

महासभामा नेपालको प्रतिनिधित्व गर्दै आफुले अल्पविकसित एवं भूपरिवेष्टित देशको रूपमा नेपालको विकासका संरचनात्मक चुनौती अद्वितीय रहेको बताएको उहाले बताउनुभयो ।

https://youtu.be/zB7k7lLr7zA

मन्त्री खड्काले दीगो विकास लक्ष्य प्राप्तिका लागि सहयोग तथा संयुक्त राष्ट्रसंघसँगको सहकार्यबारे पनि छलफल भएको बताउनुभयो । महासभामा भाग लिने क्रममा साइडलाईन छलफल भएको र नेपाल र अन्यदेशको सम्बन्धका बारेमा पनि कुराकानी भएको उहाको भनाई छ । फरक प्रसंगमा उहाले नेपालको परराष्ट्रनीति आपसि समझदारी र अन्तराष्ट्रिय परिवेश अनुसार बनाउनुपर्नेमा जोड दिनुभयो ।

खड्का असोज ६ गते परराष्ट्रमन्त्रीको कार्यभार सम्हाले लगत्तै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क जानुभएको थियो ।