मंगलवार, १० मंसिर २०८२ २१:५१

मोतिपुर स्वास्थ्य केन्द्रमा लायन्स क्लबद्वारा निःशुल्क मधुमेह परीक्षण तथा जनचेतना कार्यक्रम सम्पन्न
[addtoany]

मंगलवार, १० मंसिर २०८२ १४:१६

रुपन्देही — शुद्धोदन गाउँपालिका–४, फर्सीटिकर स्थित मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लायन्स क्लब अफ शुद्धोदन र लायन्स क्लब अफ बुटवल स्टारको संयुक्त आयोजनामा Free Diabetes Screening and Awareness Program मंगलबार सफलतापूर्वक सम्पन्न गरिएको छ।

मधुमेह बारे जनचेतना अभिवृद्धि गर्दै स्थानीय तहमा स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले आयोजित यो कार्यक्रम २०८२ मंसिर ९ गते प्रभावकारी रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। कार्यक्रम लायन्स क्लब अफ बुटवल स्टारका अध्यक्ष लायन राजन जिसीको अध्यक्षतामा सुरु भएको थियो। प्रमुख अतिथि मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष तथा शुद्धोदन गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ४ का वडाध्यक्ष केशव अधिकृतले ब्लड सुगर टेस्ट गराएर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए। कार्यक्रमको स्वागत मन्तव्य लायन्स क्लब अफ शुद्धोदनका प्रवक्ता तथा कार्यक्रम संयोजक लायन अर्जुन भण्डारीले प्रस्तुत गरेका थिए। कार्यक्रममा Lions International District 325 P Nepal का GST Coordinator MJF लायन आशिष कृष्ण श्रेष्ठ, एरिया–३ का एरिया चिफ कृष्णप्रसाद पाण्डे, जोन चेयरपर्सन MJF लायन विजय कुमार अग्रवाल तथा मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रका डा. अरुण सुवेदीको विशेष उपस्थिति रही कार्यक्रमलाई अझ प्रभावकारी बनाएको थियो।

करीब ३०० जनाको उपस्थितिमध्ये १५० जनाको निःशुल्क ब्लड सुगर परीक्षण गरिएको थियो। तीमध्ये ७ जनामा पहिलोपटक मधुमेहको समस्या पत्ता लागेका स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन्। साथै, मधुमेहबारे जनचेतनामूलक भिडियो तथा प्रोचिटरमार्फत स्थानीयवासीलाई आवश्यक जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा प्रोजेक्टरबाट सुगर रोग सम्बन्धी जनचेतनामूलक भिडियो प्रसारण गरिएको थियो। समुदायमा स्वास्थ्य सेवा सुदृढ बनाउन योगदान पु–याउने उद्देश्यअनुरूप लायन्स क्लबद्वारा मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई एक सेट Glucometer Machine र दुई सेट Test Strip हस्तान्तरण गरिएको थियो। कार्यक्रमको सञ्चालन लायन इञ्जिनियर छविन्द्र भट्टराईले गरेका थिए। आयोजक दुवै क्लबका प्रतिनिधिहरूका अनुसार कार्यक्रमले स्थानीय समुदायमा मधुमेह पहिचान, रोकथाम र उपचारसम्बन्धी महत्वपूर्ण सन्देश सफलतापूर्वक प्रवाह गरेको छ। कार्यक्रमभर दुवै क्लबका सदस्यहरूको सक्रिय उपस्थिति तथा सहयोग उल्लेखनीय रहेको जनाएको छ।