यज्ञोदय स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी

फर्साटिकर, चैत्र ६
रुपन्देहीको शुद्दोधन गाउँपालिका -३ रमवापुर स्थित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा आइतबार सप्पन्न स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ ( नेविसंघ ) प्यानल विजयी भएको छ।
स्ववियु निर्वाचनमा नेविसंघ र संयुक्त प्यानल ( अनेरास्ववियु ,अनेरास्ववियु क्रान्तिकारी ,रास्टिय प्रजातान्त्रिक विद्यार्थी संगठन ) बीच प्रतिस्पर्धा भएको थियोे ।सम्पन्न निर्वाचनमा स्ववियु अध्यक्षमा नेविसंघका महेश चौधरी ४०३ मत प्राप्त गरेर विजयी हुनुभएको छ।वहाका निकततम प्रतिस्पर्धी संयुक्त प्यानलका समुद्र बगाले रेग्मिले १८१ मत प्राप्त गर्नुभएको थियोे ।स्ववियुको सचीव पदमा नेविसंघका आदेश रानाले ३९० मत प्राप्त गरेर विजयी हुनुभएको छ।वहाँका निकतम प्रतिस्पर्धी संयुक्त प्यानलका अखिल ढकालले १८७ मत प्राप्त गर्नुभएको थियोे ।स्ववियु कोषाध्यक्ष पदमा नेविसंघका रामनाथ यादवले ३५५ मत ल्याएर विजयी हुनुभएको छ।वहाँका निकतम प्रतिस्पर्धी सुमन थापा क्षेत्रीले २१७ मत प्राप्त गर्नु भएको थियो।त्यसै गरी स्ववियु सदस्यहरुमा नेविसंघका सागर सारु मगरले ३८१ मत ,हरि प्रसाद खनालले ३५१ मत , आनन्द तिवारीले ३३९ मत ,निशा देवि थारुले ३३० मत र राजन खनालले ३५७ मत प्राप्त गरेर नेविसंघका पुरै प्यानल विजयी भएको छ। निर्वाचन प्रक्रिया अन्तर्गत समानुपातिक तर्फ नेविसंघले ४ वटा सदस्य प्राप्त गरेका छन् ।त्यसै गरि अनेरास्ववियुले २ वटा र अनेरास्ववियु क्रान्तिकारीले १ सदस्य प्राप्त गरेको निर्वाचन अधिकृत भिम प्रसाद सापकोटाले जानकारी दिनुभएको ।निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको थियोे ।
कुल मतदाता संख्या ६८५ मध्य ५९१ जनाले मतदान गरेका थिए जुन ८६.३% रहेकोे थियोे । मतदान गर्ने ५९१ जना मध्य छात्र १६४ जना र छात्रा ४२७ जना रहेका थिए ।निर्वाचन प्रक्रिया २ वटा बुथ बाट सम्पन्न गरिएको थियोे ।बुथ ” क” मा छात्र ९१ जना र छात्रा २०४ जनाले मतदान गरेका थिए भने बुथ ” ख” मा छात्र ७३ र छात्रा २२३ जनाले मतदान गरेका थिए