शुक्रबार, २८ चैत्र २०८१ २२:४४

युवा संघ शुद्धाेधनकाे तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा विशाल राना मगर निर्वाचित

शनिबार, १८ चैत्र २०७९ १५:१३

बुटवल।

रुपन्देहीको शुद्धाेधन गाउँपालिका राष्ट्रिय युवा संघ नेपालकाे तेस्रो अधिवेशन एक समारोहबीच शुद्धाेधन गाउँपालिका अन्नपूर्ण बिउ भिजन सहकारीको सभा हलमा शनिबार सम्पन्न भएको छ।

राष्ट्रिय युवा संघ नेपाल शुद्धाेधनका अध्यक्ष कृष्ण अर्यालको अध्यक्षतामा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय उपाध्यक्ष सुमन पुरीकाे प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा अध्यक्षमा विशाल राना,उपाध्यक्षमा पदम ज्ञवाली,सचिवमा केशव न्यौपाने,उपसचिवमा नारायण घिमिरे,उपसचिव मोतिलाल सुनार,कोषाध्यक्षमा प्रदीप क्षेत्री र सदस्यहरूमा उपेन्द्र यादव, अनुप यादव,पलिराम थारू,ज्ञान बहादुर चौधरी,युवराज रेग्मी,धन ब. थापा,निरजंग खत्री,राजन गुप्ता,सुरेन्द्र थारु,विशाल के.सी,सचिन अर्याल,वसन्त शर्मा,सुदिप यादव,
राम कुमारी थारु,कला विष्ट,सर्वसम्मत चयन भएका छन्।उक्त कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य किरण नेपाल,शुद्धाेधन ४ का वडा सदस्य बालकृष्ण, पराजुली,नेकपा एमाले शुद्धाेधन कमिटी का अध्यक्ष विष्णु गौतम,नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य नरबहादुर घर्ती,लगायतले नवनिर्वाचित पदाअधिकारी हरुलाई शुभकामना मन्तव्य दिनुभएको थियो।

राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका सदस्य यम घर्ती मगरको स्वागतमा राष्ट्रिय युवा संघ नेपाल शुद्धाेधनका निवर्तमान सचिव बिशाल रानामगरकाे सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।