युवा सहभागिता विना सम्वृद्ध नेपालको कल्पना गर्न सकिदैन

असोज १६, हेल्लो नेपाल ।
राष्ट्र निर्माणका लागि युवा शक्तिको अपरिहार्य आवश्यकता रहेको देवदहमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छ्न ।
राष्ट्रिय युवा संघ नेपाल देवदह -८ को वडा अधिवेशनमा बोल्दै उनीहरुले युवा सहभागिता विना सम्वृद्ध नेपालको कल्पना गर्न नसकिने बताएका थिए ।
राजनीतिक परिस्थितिलाई ध्यान दिदै समाज रूपान्तरण तथा युवा शसक्तिकरणमा लाग्न समेत उनीहरुले युवाहरुलाई आग्रह गरेका थिए ।
अहिलेको अवस्थामा युवा नेतृत्व विकासको आवश्यकता रहेको औंल्याउदै वक्ताहरुले युवाहरु राजनीतिक चेतनाका साथ अघि बढनु पर्नेमा जोड दिएका थिए ।

राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य सुरज खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य तथा देवदह नगर सचीव मन कुमार कनौजे, जिल्ला सदस्य तथा देवदह-७ का वडा अध्यक्ष पदम थापा, युवा संघका जिल्ला सह- संयोजक बिकास गहतराज, युव नेता हिरा थापा, नेकपा एमाले देवदह-८ का अध्यक्ष कृष्ण अधिकारी लगायतले बोल्दै युवाहरुको सक्रियता बाट समाजको विकासमा योगदान पुग्ने बताएका थिए ।
युवा संघका जिल्ला कार्यालय सदस्य मधु श्रेष्ठको अध्यक्षता, जिल्ला सदस्य रमेश खरेलको स्वागत र दिपेश विक्रम मल्लको संचालनमा भएको अधिवेशनले दिपक थापा अध्यक्ष रहेको ३८ सदस्यीय संघको वडा कमिटी चयन गरेको छ ।