बुधबार, ३ बैशाख २०८२ २०:०५

राजनीतिक सफलताका लागि महिलाहरु पनि सक्रिय हुन जरुरी हुन्छ

बुधबार, १३ आश्विन २०७८ १५:५१

असोज १३, हेल्लो नेपाल ।
नेकपा एमाले निकट अनेमसंघ सिद्धार्थ नगर ८ को वडा सम्मेलन भैरहवामा सम्पन्न भएको छ । सम्मेलनमा बोल्दै पार्टीका प्रदेस कमिटी सदस्य विश्वराज बरालले महिलाहरुको सक्रियताबाट मात्रै राजनीतिक सफलता प्राप्त गर्न सकिने बताउनु भयो ।

पुरुष प्रधान समाजमा महिलाहरुले एकताबद्ध भएर अधिकार प्राप्तिको लडाईमा जुटनु पर्नेमा जोड दिदै नेता बरालले एक हातले ताली नबजे जस्तै महिला बिनाको समाजले गतिशीलता पाउन नसक्ने धारणा राख्नु भएको थियो ।

उहाले महिलाहरुको अग्रगामी मोर्चा भनेकै एमाले निकट अनेमसंघ भएकाले सवै महिलाहरु गोलबन्द भएर एमालेको विचार र नीति कार्यक्रमलाई जनताको विच लैजानु पर्ने बताउनु भएको थियो ।

संघकी नगर अध्यक्ष पार्वती पौडेलको अध्यक्षतामा भ्केको  सम्मेलनमा नेकपा एमाले प्रदेस कमिटी सदस्यहरु भरत पोख्रेल,राजेन्द्र पन्थी,क्षेत्रीय समन्वय कमिटी सदस्यहरु  नरेन्द्र भण्डारी , उमेश थापा,नगर सचिव चक्र थापा,वडा सचिव राम्चन्द्र रेग्मी , असगर अलि,चन्द्रकला खनाल, प्रभा पौडेल, विष्णु भट्टराई  लगायतले बोल्नु भएको थियो ।                                                                                                                     

वडा सम्मेलनबाट मिना क्षेत्री बलाल अध्यक्ष रहेको २३ सदस्यीय वडा कमिटी चयन गरेको पार्टीका क्षेत्रीय कमिटी सदस्य उमेश थापाले जानकारी दिनु भएको छ ।