राप्रपा अध्यक्षमा लिङदेन विजयी
मंसिर १७, हेल्लो नेपाल ।
राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनले जित हासिल गरेका छन् । नयाँ नेतृत्व चयनका लागी बुधबारबाट जारी पार्टीको एकता महाधिवेशनमा अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई पराजित गर्दै लिङ्देन विजयी भएका हुन् । लिङ्देन १ हजार ८ सय १७ मत सहित बिजय हुदाँ कमल थापाले १ हजार ६ सय १७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै खुला उपाध्यक्षमा विक्रम पाण्डे, महिला उपाध्यक्षमा रोशन कार्की, खुला महामन्त्रीमा डा.धवलशम्सेर राणा र महिला महामन्त्रीमा कुन्ती शाही विजयी भएका छन् । पाण्डेले २ हजार ५ सय २१ मत प्राप्त गरेका छन् भने बुद्धिमान तामाङले १ हजार ९ सय ४४ र ध्रुवबहादुर प्रधानले १ हजार ८ सय १४ मत पाएका छन् । त्यसै गरी महिला उपाध्यक्षमा रोशन कार्की १ हजार ५ सय ८९ मत सहित विजयी भएकी छन् । त्यस्तै महिला महामन्त्रीमा कुन्ती शाही २ हजार ८ मतसहित विजयी भएकी छन् । अर्का प्रत्यासी रेखा थापाले १ हजार ६ सय ४० मत सहित पराजित भएका छन् ।