बुधबार, ३ बैशाख २०८२ २०:२१

राष्ट्रिय युवा संघ नेपाल शुद्धोधन गाउँपालिकाको अध्यक्षमा कृष्ण अर्याल निर्वाचित

शनिबार, २३ आश्विन २०७८ ०२:२३

असोज २३, हेल्लो नेपाल ।

राष्ट्रिय युवा संघ नेपाल शुद्धोधन गाउँपालिकाको अध्यक्षमा कृष्ण अर्याल निर्वाचित भएका छन्। शुक्रवार शुद्धोधन गाउँपालिकामा भएको राष्ट्रिय युवा संघ नेपाल शुद्धोधन गाउँपालिकाको दोश्रो भेला तथा अधिबेशनले सर्वसम्मत रूपमा कृष्ण अर्याललाइ चयन गरेको हो ।

भेलाले कृष्ण अर्यालको अध्यक्षतामा ५१ सदस्यीय गाउँ कमिटी गठन गरेको छ। कमिटीको उपाध्यक्षमा राजकुमार बस्नेत, प्रकाश सापकोटा र इन्द्र थारु, सचिवमा बिशाल राना,सह सचिवमा कृष्ण गोपाल कडेल र बिना मगर, कोषाध्यक्षमा पदम ज्ञवाली चयन भएका छन् ।

यस्तै भेलाले सदस्यहरुमा प्रदिप क्षेत्री,दिनेश मल्ल,दुर्ग बिजय लोनीया, बिकास कार्की,दिपेश पौडेल,राजेन्द्र शर्मा, ज्ञान बहादुर चौधरी,बलीराम थारु,राजु गुप्ता,गोबिन्द थारु,बिक्रम ज्ञवाली,दिनेश जि.सी.,निशान क्षेत्री,सुजन घिमीरे, डिलुराम गौडेल,सन्जय काफ्ले, जिवन पैनी,नारायण घिमीरे,बिजय थापा,युनिसा पौडेल, पुननारायण श्रेष्ठ ,दिपेन्द्र थापा,टेक बहादुर जि. सी., रेनुका अर्याल,लोकनाथ सुबेदी,चन्दा गौतम,इश्वरी सापकेटा,सुर्य थारु,ऋषिराम शर्मा,बिक्रम खरेल,राम मिलन लोध, मन्जु कुवर रामकुमारी थारु ,पन्नालाल यादव,किशोर कुमार चौधरी,सचिन अर्याललाई चयन गरेको छ ।

यस्तै भेलाले ७ जना वडा संयोजक समेत चयन गरेको छ ।

शुद्धोधन गाउँपालिका नेकपा एमालेको इन्चार्ज किरण नेपालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष एंव एमाले नेता किसनचन्द चौधरी,वडा नं.५ का अध्यक्ष एंव नेता पुण्यराम गौतम,वडा नं.३ का अध्यक्ष तथा नेता हेम बहादुर खड्का,जिल्ला कमिटि सह संयोजक विकास जंग बस्नेत लगायत युवा नेताहरुको सहभागीता रहेको थियो ।

कार्यक्रम नेकपा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा युवा नेता मोति थापाको स्वागत मन्तव्य र हेमन थापाको कार्यक्रम संचालनमा सम्पन्न भएको थियो ।