रोल्पाकी बिरामी दियानीलाई मगर संसारद्वारा आर्थिक सहयोग
जेठ–२७,हेल्लो नेपाल
सामाजिक सञ्जालमा लोकप्रिय फेसबुक ग्रुप मगर संसार फोटो ग्यालरीले रोल्पाकी क्यान्सर पिडित बिरामी दियानीलाई मगर आर्थिक सहयोग गरेको छ ।
सामाजिक कार्यमा अग्रसर मगर संसार फोटो ग्यालरीले १०५ औं पटक आर्थिक सहयोग गरेको संस्थापक अध्यक्ष अनिल लामिछाने मगरले जानकारी दिनु भयो ।
रोल्पा जिल्ला मादी–१,भीताबांगका नरेश पुन मगर र बीमा पुन मगरको १८ महिनाको छोरी दियानी पुन मगरलाई मृगौलामा क्यान्सर देखिएपछि आर्थिक अभावका कारण उपचार गर्न समस्या परेको खवर बाहिरिएपछि मगर संसार फोटो ग्यालरीले आर्थिक संकलन गर्न थालेको थियो । मगर संसार फोटो ग्यालरीको संस्थापक अनिल लामिछाने मगरको सक्रियतामा संकलित रकम रु.२१,४९८ ।– रुपियाँ दियानी मगरलाई हस्तान्तरण गरेको हो ।
मृगौलामा क्यान्सर भई कलिलो उमेरमै रोगसगँ लडिरहेका दियानी पून मगरको हाल उपचार भइरहेको छ ।