ललितपुर क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी

मंसिर–८,हेल्लो नेपाल ।
ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डाक्टर तोसिमा कार्की विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उहाँ ३१ हजार एक सय ६ मत सहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अमृत खड्कालाई १८ हजार एक सय ६३ मतले पछि पार्दै डाक्टर तोसिमा विजयी हुनुभएको हो ।

खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)की पम्फा भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचित पछि कार्कीले सवै मतदातालाई धन्यवाद दिदै सदैव जनताको साथ रहेर काम गर्ने बताउनुभयो । अहिले आफ्नो जितका साथै जिम्मेवारी बढेको उहाले बताउनुभयो ।

उहाँले आफु जनताको साथ र समर्थनमा नै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।