वर्तमान अवस्थामा वाम गठबन्धन हुने सम्भावना छैन- ओली
जेठ–२७,हेल्लो नेपाल
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्थामा वाम गठबन्धन हुने सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ ।
शुक्रबार बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनका लागि एमाले एक्लैले तयारी गरिरहेको भन्दै वाम गठबन्धन हुने सम्भावना नरहेको स्पष्ट पार्नुभएको हो । उहाले सरकारमा रहेका दलहरु वामपन्थी नरहेको टिप्पणी गर्नुभयो ।
ओलीले स्थानीय निर्वाचनमा सिटका हिसावले एमाले दोश्रो दल भएपनि लोकप्रिय मतका आधारमा एमाले नै पहिलो पार्टी भएको दावी गर्नुभयो । कुनै सिद्धान्त‚ विचारबीना नै ६ दलले एमालेलाई हराउन नै गठबन्धन गरेको उहाले बताउनुभयो । त्यस्तै उहाले अहिलेको सरकारले संविधानलाई तोडमोड गरेको आरोप लगाउनुभयो ।
ओलीले आगामी निर्वाचनमा एमाले अध्याधिक बहुमतका आधारमा बिजयी हुने दावी गर्नुभयो ।