शनिबार, ६ बैशाख २०८२ ०१:०२

वर्तमान सरकारले प्रधानन्यायधिसलाई महाअभियोग लगाएर राजनीतिलाई गलत दिशा तिर लगेको आरोप

शुक्रबार, ६ फाल्गुन २०७८ ०५:०८

फाल्गुन ६, हेल्लो नेपाल ।

नेकपा एमालेको पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान सरकारले प्रधानन्यायधिसलाई महाअभियोग लगाएर राजनीतिलाई गलत दिशा तिर लगेको आरोप लगाउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल रुपन्देही सियारी गाउँपालिकाको प्रथम अधिबेशन कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले वर्तमान सरकारले एमालेलाई वदनाम गर्न खोजेको बताउदै सरकारले नै एमसीसी सदनमा पेश गर्ने र प्रचण्ड ,माधव नेपालका पार्टीले एमसीसीका विरुद्ध सडकमा प्रर्दशन गरे जस्तो गरेर नक्कली राष्ट्रवाद देखाएको आरोप लगाउनुभयो । उहाँले आफ्ना पार्टीका नेताहरुको नाम लिन डराउने तर एमाले र केपी ओलीको नाम जोडेर सदनमा एमसीसी पेश गर्न लागेकोमा खेद प्रकट गर्दै वर्तमान गठबन्धन सरकार आफै धामी आफै बोक्सी बनेको आरोप लगाउनुभयो ।

राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज समेत रहनुभएका बस्नेतले एमाले विकास प्रेमी,राष्ट्रप्रेमी पार्टी भएकोले अबको निर्वाचनमा पहिलो पार्टी बन्नेमा कसैले रोक्न नसक्ने बताउदै एमाले बिरुद्ध गरिएको षड्यन्त्र चिर्न एमाले सक्षम रहेको जिकिर गर्नुभयो ।
त्यस्तै भेलालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपाल लुम्बिी प्रदेशका सचिव राजेन्द्र कडेँलले वर्तमान गठबन्धनको सरकारले स्थानीय निकायको चुनावको मिति घोषणा गरे पनि चुनाव गर्ने वा नगर्नेमा अन्यौलता छाएको भन्दै उहाँले राष्ट्र हित विपरितका कार्यमा युवा संघ नेपाल पहरेदारका रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो ।