विश्वकर्मा जनताको वीचमा पुग्दै गर्दा समुदायबाट उत्साह जनक स्वागत

कार्तिक-४गोविन्द घर्ती,देवदह ।
देवदह नगरपालिकाको वडा नम्वर ६, मा रहेको सरनवारी गाउँ अहिले अर्गानिक तरकारी उत्पादन क्षेत्रको रुपमा परिचित छ । सरनवारीका किसानहरुले अर्गानिक तरकारी उत्पादन गरी बार्षिक ५ करोड भन्दा बढिको कारोवार गर्ने गर्दछन् । २०६६ सालमा नेकपा एमालेका नेता छविलाल विश्वकर्माले कृषि तथा सहकारी मन्त्री हुदा सरनवारीमा सिचाई आयोजनाका लागि बजेट विनियोजन गरेपछि त्यहाका किसानहरुले सरनखोलाबाट सिचाईको व्यवस्था गरी तरकारी उत्पादन गर्दै आईरहेका छन् । यहाका किसानहरु बैदेशिक रोजगारीलाई समेत छोडेर व्यवसायीक कृषि पेशामा आवद्ध भएका छन् ।
ओमसतिया गाउपालिका ५, का राजेन्द्र भर २०७८ सालमा आएको बाढीका कारण विस्तापित भए । वाढीबाट उनको घर गोठ मात्र बगाएन, पशु चौपाय समेत बगायो । रातीको समयमा आएको वाढीका कारण परिवारका सदस्यहरुलाई जसो तसो जोगाएर ज्यान बचाएपनि उनको धन सम्पत्ति भने बाढीले स्वाहा पार्यो । राजेन्द्र संगै उनको छिमेकी ११ घर परिवार बाढीबाट विस्थापित भए । बाढी प्रभावित परिवारलाई तत्कालिन प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका केन्द्रिय सचिव विश्वकर्माको पहलमा घर आवासको व्यवस्थापन गरी बाढी पिडितहरुलाई व्यवस्था गरिएको थियो ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाबाट प्रभावित भएका नागरिकहरुलाई राहत पुगोस भन्ने उद्देश्यका साथ तत्कालिन प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले स्थानीय पुर्वाधार विकास अन्र्तगतको योजनाका रकम क्षेत्रको चारवटै पालिकाहरु देवदह नगरपालिका, ओमसतिया गाउपालिका, रोहिणी गाउपालिका र तिलोत्तमा नगरपालिकालाई हस्तान्तरण गर्नु भएको थियो । त्यसरी प्रदान गरिएको राहत कोषले क्षेत्रवासी जनताको स्वास्थ्य सुरक्षामा योगदान पुगेको तत्कालिन ओमसतिया गाउपालिका अध्यक्ष हिरा केवटले बताउनु भयो ।

निर्वाचनको संघारमा नेकपा एमालेका केन्द्रिय सचिव तथा प्रतिनिधि सभा क्षेत्र नम्वर १, रुपन्देहीका उम्मेदवाभईरहेको सो पार्टीका क्षेत्रीय संयोजक बेद गिरीले बताउनु भयोे । संयोजक गिरीका अनुसार नागरिकहरुले यस क्षेत्रको विकासको लागि विश्वकर्माले खेलेको भूमिका महत्वपूर्ण रहेको छ । विश्वकर्माको ५ बर्षे कार्यकाल रुपन्देही क्षेत्र नम्वर १, को स्वरुप परिवर्तन गर्न सफल भएको समेत गिरीले बताउनु भयो ।
०७४ को निर्वाचनमा विजयी भए पश्चात विश्कर्माले विकासका कामलाई दशगजाबाट प्रारम्भ गर्ने उदघोष गर्नु भएको थियो । सोही वमोजिम रणनीतिक महत्व राख्ने ३ वटा स्तरिय मापदण्डको निर्माण कार्य दक्षिणबाट शुरु भएको छ । दक्षिणका वुचि भन्सार हुदै ईमलिहवा, पिपरहवा, सेमरहवा हुदै देवदह जोड्ने सडक, पजरकट्टी विओपि कार्यालय देखि रामनरेश मावि धकधई हुदै शंकरपुर देवदह जोड्ने सडक र भगवानपुर भन्सार देखि देवदह जोड्ने सडक तथा ओमसतियाको बसन्तपुर देखि करुवानी, सेमरा बजार, शिवपुर गणेशनगर सडकहरु निर्माणको चरणमा रहेको छ । बहुबर्षिय टेण्डर प्रक्रिया अन्र्तगत निर्माण भईरहेको उक्त सडक खण्डले क्षेत्रको विकासमा दीर्घकालिन महत्व राख्ने विश्वास गरिएको छ ।
नागरिकलाई स्वास्थ्यको पहुचमा पुर्याउने गरी क्षेत्रका सवै पालिकाको सम्पूर्ण वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्रको स्थापना भएको छ, भने एक पालिका एक अस्पतालको अवधारणा अन्र्तगत चारवटै पालिकामा सामुदायिक अस्पताल संचालनमा आएको छ । नागरिकले आफनै वडामा बसेर सहज र सरल ढंगले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । क्षेत्रका विभिन्न सामुदायिक विद्यालयहरुमा राष्टिपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत विद्यालय भवन निर्माण, आईटि शिक्षा तथा विद्यार्थीहरुलाई विद्यालय सम्म ल्याउनको लागि सवारी साधनको समेत व्यवस्था गरिएको छ । क्षेत्रमा रहेका तीन वटा माध्यमिक विद्यालयहरुलाई नमुना विद्यालयको रुपमा विकास गरिएको छ । जस मध्ये देवदहमा रहेको केरवानी माध्यमिक विद्यालय, तिलोत्तमामा रहेको पशुपति मावि र रोहिणीमा रहेको रामनरेश आर्दश मावि रहेका छन् ।

शिक्षा तथा सवास्थ्यको क्षेत्रमा तत्कालिन सांसद छविलाल विश्वकर्माले पुर्याउनु भएको योगदान विगत २६ बर्षमा भएका काम भन्दा धेरै रहेको रोहिणी ३, धकधई निवासी रामकेवल विन्दले बताउनु भयो । विन्दका अनुसार विगतमा ५ पटक सांसद भएकाहरुबाट भएका काम र विश्वकर्माको पालामा ५ बर्षमा भएका कामको तुलना गर्ने हो, भने पछिल्लो ५ बर्ष स्वर्णकाल नै रहेको छ ।
सिचाई, तटवन्ध, सामाजिक संघसंस्थाका भवन पुर्वाधार खानेपानी लगायतका क्षेत्रमा भएका कामहरुले रुपन्देही क्षेत्र नम्वर १, को मुहार परिवर्तन भएको स्थानीयवासी बताउछन् । कोरोनाका कारण विकास निर्माणका कामहरु प्रभावित भएपनि छोटो समयमा गरिएको परिवर्तनका कामहरुले क्षेत्रवासीहरुमा उत्साह थपिएको छ ।