मंगलवार, ३१ असार २०८२ २१:२२

शुद्दोधन-१ मा नेकपा एमालेको चुनावी प्रचारप्रसार कार्यालयको स्थापना

बिहीबार, १० चैत्र २०७८ ०२:०४

शुद्दोधन– नेकपा एमालेले रुपन्देहीको शुद्धदोधन गाउँपालिका १ मा चुनावी प्रचारप्रसारका लागि कार्यालयको स्थापना गरेको छ।

बुधबार नेकपा एमाले केन्द्रिय अनुशासन आयोग सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य तुलसी चौधरीले कार्यालयको शुभारम्भ गर्नु भएको हो । चौधरीले शुध्दाेधन गाउँपालिका नेकपा एमालेको लालकिल्ला रहेको जिकिर गर्दै पालिकाको सबै वडामा जीत हासिल गर्न एकजुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो । लुम्बिनी प्रदेश सभा सदस्य चौधरीले शुध्दाेधन गाउँपालिका -१ कृषि पकेट क्षेत्र भएको उल्लेख गर्दै कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नु पर्ने बताउनु भयो । उहाँले एमाले सरकारमा रहँदा देशमा बाटो, पुल निर्माण लगायतका कामले तीव्रता पाएको दाबी गर्नुभयो । यस्तै कार्यक्रममा बोल्दै जिल्ला सदस्य तथा गाउँपालिका अध्यक्ष किसुन चन्द चौधरी,जिल्ला सदस्य तथा क्षेत्रीय संयोजक नर बहादुर घर्ति लगायतले बोल्दै पार्टीलाई सबै वडामा जिताउन लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य कर्णबहादुर केसी,जिल्ला कमिटी सदस्य गोबिन्द घिमिरे,पार्टी नेताहरु नवलराज भट्टराई ,युवा संघ नेपाल केन्द्रिय सदस्य किरण नेपाल, युवा संघ लुम्बिनी प्रदेश सचीव राजेन्द्र कडेंल, पार्टी गाउँपालिका अध्यक्ष विष्णु गौतम,नेकपा एमाले शुध्दाेधन सचिवालय सदस्य शिवपुजन बानियाँ लगायत गाउँकमिटी,वडा प्रतिनिधि लगायत विभिन्न नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियोे । कार्यक्रम पार्टी वडा कमिटी अध्यक्ष विरभद्र यादवको अध्यक्षता, नेकपा एमाले गाउँ पालिका सदस्य कृष्णबहादुर गौतम क्षेत्रीकाे स्वागत मन्तव्य र पार्टीका वडा उपसचिव खेदु कहारकाे सञ्चालनमा सम्पन्न भएको थियो ।

Gagal mengambil konten.