शुक्रबार, २८ चैत्र २०८१ २३:०१

शुद्धोधनमा लोकतान्त्रिक मदेशी संगठन प्रथम अधिबेशन सम्पन्न

आईतवार, ६ चैत्र २०७८ ०२:१३

चैत्र ६, हेल्लो नेपाल ।

नेपाल लोकतान्त्रिक मधेशी संगठनको शुद्धोधन गाउँपालिका अध्यक्षमा दया शंकर लोध निर्वाचित भएका छन् । शनिबार बसेको नेपाल लोकतान्त्रिक मधेशी संगठनको प्रथम अधिबेशनले दया शंकर लोधलाई अध्यक्षमा निर्वाचित गरेको हो त्यस्तै अधिवेशनले उपाध्यक्षमा शिवाकान्त मिश्र,सचिबमा भोला केवट,उपसचिवमा बुद्धिराम लोध, उपसचिवमा त्रियोगी मल्लाहालाई चयन गरेको छ ।

यसै गरी सदस्यहरुमा पचंम मल्लाहा, हरिश चन्द्र केवट,राजेश लोध,राजकुमार कुर्मी,रामकेश यादव, रमेश माली, हजारी चाई,उमा मल्लाहा,गोपाल केवट,सोमही साहानी, राम औतार पाल,रामसुवेर भर ,प्रभुदयाल लोध र बसन्तलाल बहारलाई छनोट गरेको छ ।