शनिबार, ६ बैशाख २०८२ ००:४७

शुद्धोधन गाउँपालिकाको ७ वटै वडामा सर्वसम्मत रुपले अधिवेशन सम्पन्न

आईतवार, ७ कार्तिक २०७८ १४:५९

कार्तिक ७, हेल्लो नेपाल ।

नेकपा एमाले शुद्धोधन गाउँपालिकाको वडा अधिवेसन सफलता पूर्वक सम्पन्न भएको छ । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत मुलुकभर भएको वडास्तरको अधिवेशनमा रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिकाको ७ वटै वडामा सर्वसम्मत रुपले अधिवेसन सम्पन्न भएको हो । अधिवेशन सम्पन्न भएका वडामध्ये वडा नं.१ मा बिरभद्र यादव,वडा २ मा दुर्गा खनाल,वडा नं.३ चेतनारायण गौतम ,वडा नं.४ मा हेमन थापा,वडा नं. ५ मा मेर सिंह थापा,वडा नं.६ मा तुल्सी खनाल र वडा नं.७ मा रामकेवल यादव निर्वाचित भएका छन् ।