शुक्रबार, २० असार २०८२ ०६:२१

शुद्धोधन वडा न.६ मा एमालेको प्रचारप्रसार कार्यालय उद्घाटन

शनिबार, ५ चैत्र २०७८ १७:२८

चैत ५, हेल्लो नेपाल ।

नेपाल कम्युनिस्ट पार्टी एमाले शुद्धोधन गाउँपालिका ६ ले चुनावी प्रचार प्रसार अभियानका लागि कार्यालय स्थापना गरेको छ ।

शनिबार एक कार्यक्रमका बीच एमाले केन्द्रिय अनुशासन आयोग सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य तुलसी चौधरीले कार्यालयको उद्घाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै पार्टी अनुसासन आयोग सदस्य तुलसी चौधरी,जिल्ला कमिटी सदस्य तथा क्षेत्र न.३ संयोजक नरबहादुर घर्ती,जिल्ला सदस्य तथा शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरी लगायतले बोल्दै समृद्ध नेपाल निर्माणका लागि एमालेको विकल्प नभएको बताउँदै पार्टीलाई विजय गराउन नेता तथा कार्यकर्ताहरुलाई चुनावी माहोलमा होमिन आग्रह गर्नुभयो । उहाँहरूले विकास निर्माण लगायत एमालेले देशका लागि गरेका योगदानको चर्चा परिचर्चा गर्न आवश्यक रहेको औल्याउनु भयो ।

कार्यक्रममा पार्टी रुपन्देही सदस्य तथा क्षेत्र न .३ संयोजक नरबहादुर घर्ती,जिल्ला सदस्य तथा गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरी, जिल्ला सदस्य विष्णु कार्कि, नेपाल एमाले शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णु गौतम, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य तथा नेकपा एमाले शुद्धोधन गाउँपालिका सचिव राजेन्द्र कडेल लगायत पार्टीका नेता कार्यकर्ता उपस्थिति रहेको थियो ।

Gagal mengambil konten.