शुद्धोधन–१ मा युवा संघ नेपालको भेला सम्पन्न,अध्यक्षमा उपेन्द्र यादव चयन

असोज १६, हेल्लो नेपाल ।
राष्ट्रिय युवा संघ नेपाल शुद्धोधन गाउँपालिका वडा -१ को अध्यक्षमा उपेन्द्र यादव चयन भएका छन् । शनिवार बसेको राष्ट्रिय युवा संघको भेलाले उपेन्द्र यादवको अध्यक्षतामा ३५ सदस्य वडा कमिटी गठन गरेको छ । त्यस्तै भेलाले उपाध्यक्षमा सुरेन्द्र मल्लाह, सचिवमा बिनय कुमार लोध, कोषाध्यक्षमा राम कुमार चौधरीलाई चयन गरेको छ ।

त्यसै गरी भेलाले सदस्यहरुमा मुकुन्द यादव,मगन प्रसाद केवट,तुलसी कडेल,बिस्णु कडेल, मनिष भन्डारी,पुर्ण बहादुर सोमै,जमुना कुमाल,सुरेश मल्लाह,दर्शन मल्लाह,रमेश मल्लाहा,अजय मल्लाह,ब्रिजेश मल्लाह,रामसेबक मल्लाह,प्रशुराम केवट, हरिचन्द्र केवट,पञचम मल्लाह ,गंगाराम चौहान,बिनोद लोनिया, रमेश लोनिया,हरी नेपाली,प्रदेशी कुमाल, केशव गुप्ता,गोपाल चौहान,सन्दिप चौहान,सन्जय पासी,बिशाल थारु, ज्ञान चन्द्र मल्लाह,राजकुमार मल्लाह, चन्द्रभान चौधरी लाई चयन गरेको छ ।
वडा कमिटीका अध्यक्ष महेन्द्र यादवको अध्यक्षता र वडा कमिटि सचिव विरभद्र यादवको कार्यक्रम संचालनमा भएको कार्यक्रममा बोल्दै जिल्ला कमिटि अध्यक्ष तथा शुद्धोधन गाउ कमिटिका अध्यक्ष नर बहादुर घर्ती,युवा संघ केन्द्रिय सदस्य तथा शुद्धोधन गाउँपालिकाका प्रवक्ता राजेन्द्र कडेँल,राष्ट्रिय युवा संघ नेपालका जिल्ला सहसंयोजक विकाश जङ्ग बस्नेत,युवा नेताहरु किरण नेपाल,मोति थापा,विष्णु गौतम लगायतका युवा नेताहरुले संगठन बिस्तारका लागी सबै एकजुट भई लाग्नु पर्ने बताउदै पार्टीको भविश्य युवाहरुको काँधमा आइपरेकाले सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।