शनिबार, २१ असार २०८२ ०१:०२

शुद्धोधन-४ मा नेकपा एमालेको चुनावी प्रचार प्रसार कार्यालय स्थापना

मंगलवार, ८ चैत्र २०७८ ०२:१४

शुद्दोधन– नेकपा एमालेले रुपन्देहीको शुद्धोधन गाउँपालिका ४ फर्साटिकरमा चुनावी प्रचार प्रसारका लागि कार्यालयको स्थापना गरेको छ।

कार्यालयको एक कार्यक्रमका बिच नेकपा एमालेका केन्द्रिय सदस्य तथा बुटवल उपमहानगरका मेयर शिबराज सुबेदीले शुभारम्भ गर्नु भएको हो । कार्यक्रममा बोल्दै सुबेदीले पार्टीलाई विजय गराउन प्रचार प्रसारमा लाग्न सम्पूर्ण पार्टी कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले समृद्ध नेपाल र सुखी नेपाली एमाले बिना सम्भब नभएको भन्दै पार्टीको नेतृत्वले देशलाई दिएको योगदानको बारेमा प्रचार प्रसार गर्नुपर्ने बेला आएको बताउनुभयो । त्यस्तै पार्टी केन्द्रिय अनुशासन आयोग सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य तुल्सी चौधरीले एमाले पार्टी प्रति जनताको ठूलो आशा र भरोसा रहेको भन्दै त्यो भरोसा टुट्न दिन नहुने बताउनुभयो ।

उहाँले एमाले प्रति देखिएको जनलहरले आगामी चुनावपछि एमाले देशकै प्रमुख पार्टी बन्ने ठोकुवा गर्नुभयो। । यसै गरी कार्यक्रममा नेकपा एमाले पार्टी रुपन्देही जिल्ला सदस्य तथा क्षेत्र न .३ संयोजक नरबहादुर घर्ती,जिल्ला सदस्य तथा शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरी,एमाले शुद्धोधन गाउँपालिका कमिटीका अध्यक्ष विष्णु गौतम,जिल्ला कमिटी सदस्य तथा शुद्धोधन इन्चार्ज गोबिन्द घिमिरे लगायतले बोल्दै पार्टीलाई जिताउन सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २९ जना नेकपा एमालेमा समाहित भएका छन् । कार्यक्रम नेकपा एमाले शुद्धोधन ४ वडा कमिटिका अध्यक्ष हेमन थापाको अध्यक्षता, नेकपा एमाले शुद्धोधन गाउँ कमिटी सचिव राजेन्द्र कँडेलको स्वागत र नेकपा एमाले शुद्धोधन ४ वडा कमिटिका उपसचिव सुनिता थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

Gagal mengambil konten.