शनिबार, ६ बैशाख २०८२ ००:५२

शुद्धोधन-४ मा नेपाली काङ्ग्रेसको चुनावी प्रचार प्रसार कार्यालय विस्तार

बिहीबार, १० चैत्र २०७८ ०१:५३

शुद्दोधन- नेपाली काङ्ग्रेसले रुपन्देहीको शुद्धोधन गाउँपालिका-४ मा चुनावी प्रचार प्रसार कार्यालयको विस्तार गरेको छ । आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई देशकै पहिलो पार्टी बनाउने लक्ष्य सहित प्रचार प्रसार कार्यालयको विस्तार गरिएको पार्टी रुपन्देही सभापति रामकृष्ण खाणले बताउनुभयो ।

सभापति खाणले एमसिसी नेपालको हितमा रहेको दाबी गर्दै एमसीसीका बारेमा फैलिएको भ्रम चिर्न आवश्यक रहेको बताउनुभयो । उहाँले देशको विकास, लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेसले खेलेको भूमिका नेपाली जनताको घरघरमा पुगेर बुझाउन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य पुष्पा चौधरी,पुर्व क्षेत्रीय सभापति प्रेम फौदार, प्रदेश सभा ख सभापति घनश्याम चालिसे,महाधिवेशन प्रतिनिधि शिवराम न्यौपाने,क्षेत्रीय सभापति सुशील गुरुङ्ग लगायतले बोल्दै पार्टीलाई विजय गराउन एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

पार्टी वडा सभापति रोमाकान्त अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा , वडा उपसभापति कर्ण बहादुर काफ्लेले स्वागत,वडा सचिव सन्तोष भण्डारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।