शुध्दाेधन गाउँपालिकामा अभिमुखिकरण कार्यक्रम सम्पन्न

भुजौली – रुपन्देही शुध्दाेधन गाउँपालिका रुपन्देहीको आयोजना तथा अर्किङ मल्टी सर्भिस कल्दल्टेन्ट एण्ड ट्रेनिङ ईन्स्टिच्युट प्रालि बुटवलको आयोजनामा बिपत पुर्वतयारी तथा पुर्वतयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन भएको छ। पालिकाका अध्यक्ष किसुनचन्द चौधरीले अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै यश बिपत पुर्वतयारी तथा पुर्वतयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धि अभिमुखीकरण कार्यक्रम पछि गाउँ पालिकाका सबैले जिम्मेवारीपूर्वक कार्य गर्नुपर्नेमा जोड दिनुभयो।


बिपत भनेर होइन एक्कासि आउने भएको ले सबैले आफ्नो आफ्नो क्षेत्र बाट सहयोग गर्न आग्रह समेत गर्नुभयो।उक्त कार्यक्रममा गाउँपालिका भित्रका जनप्रतिनिधि, गाउँ पालिकाका विभिन्न शाखाका शाखा प्रमुख कर्मचारी ,विभिन्न संघ संस्थाका प्रतिनिधि,सुरक्षाकर्मी,पत्रकार लगायतलाई बिपत सम्बन्धि समस्या पुर्वतयारी,रोकथाम,न्यूनीकरण,समाधानको उपायबारे बिपत ब्यवस्थापन विज्ञ बिबेक सिङ ठकुरीले अभिमुखीकरण प्रदान गर्नुभएको थियो।कार्यक्रममा गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीकाे अध्यक्ष्ातामा गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको विशिष्ट अतिथिमा र शुध्दाेधन गाउँ पालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईको स्वागतमा भएको कार्यक्रममा खानेपानी तथा सरसफाइ बिपत शाखाका प्रमुख केशवराज भट्टराईको संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।