शुक्रबार, २८ चैत्र २०८१ २२:५२

सभापति देउवा एकलौटी ढङ्गले चले- महामन्त्री थापा

शुक्रबार, १९ जेष्ठ २०८० १०:१५

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवा एकलौटी ढङ्गले चलेको आरोप लगाएका छन् । शुक्रबार नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठानको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टी सभापति देउवा एकलौटी ढङ्गले चलेको आरोप लगाएका हुन् । 

महामन्त्री थापाले सरकारले गरेको गम्भीर जनचासोको विषयमा गरिएको निर्णयहरु पार्टीमा कुनै छलफल नगरेको बताए । उनले ‘कांग्रेस संलग्न भएको सरकारले गरेको निर्णयहरु आममाफी, नागरिकता र सांसद विकास कोष जस्ता कैयौँ विषयमा सभापति देउवाले पार्टीमा कुनै छलफल एकलौटी ढङ्गले गरेको आरोप लगाए ।  

थापाले सो निर्णय गर्नुअघि सभापति देउवाले पार्टीमा कुनै छलफल नगरेको बताउदै सभापति देउवाको कार्यशैलीलाई अब सहेर नबस्ने चेतावनी दिए ।