शुक्रबार, २८ चैत्र २०८१ २३:०६

समाज रुपान्तरणको अभिभारा पुरा गर्न धेरै लामो यात्रा तय गर्न बाँकी छ-पूर्वराष्ट्रपति भण्डारी

बिहीबार, १४ असार २०८० १३:३२

काठमााडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज रुपान्तरणको अभिभारा पुरा गर्न धेरै लामो यात्रा तय गर्न बाँकी रहेको बताएकी छिन् । जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भण्डारीले राजनीतिक रुपमा केहि संरचनात्मक परिवर्तन भएपनि क्रान्ति सम्पन्न हुन बाँकी रहेको र समाज रुपान्तरणको अभिभारा पुरा गर्न पनि धेरै लामो यात्रा तय गर्न बाँकी रहेको बताएकी  हुन् ।

उनले जनताको जीवनमा परिवर्तन ल्याउन राजनीतिक रुपमा केही संरचनागत परिवर्तनहरु भएपनि नेपाली क्रान्ति अझै नसकिएको बताईन् । भण्डारीले जनताको बिचमा गएर परिवर्तनलाई सुधार गर्दै मुलुकलाई समृद्ध बनाउन सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिईन् ।