सरकारको राम्रो कामको समर्थन र नराम्रा कामको विरोध गर्छौ-सभापति लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बजेटले मुलुकको आर्थिक समस्या समाधान गर्न नसक्ने बताएका छन् । बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले सरकारले ल्याएको बजेटले मुलुकको आर्थिक समस्या समाधान गर्न नसक्ने भन्दै बजेटको विपक्षमा उभिएको बताए ।
उनले जनताले सरकारमा नबस्न सुझाव दिएकाले आफुहरु रचनात्मक प्रतिपक्षमा बसेको उल्लेख गरे । लामिछानले प्रतिपक्षमा बसेपनि सरकारको राम्रो कामको समर्थन र नराम्रा कामको विरोध गरिरहने बताए ।