सरकारप्रतिको विश्वास ९९.९९ बाट ५३ प्रतिशतमा झ¥यो -अध्यक्ष ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारप्रति विश्वास विश्वास घटेको बताएका छन् । बुधबार प्रतिनिधिसभामा बजेट पारित भएपछि ओलीले सरकारप्रतिको ९९.९९ प्रतिशतको विश्वास ५३ प्रतिशतमा झरेको बताए ।
उनले गठबन्धन सरकारको बजेट पारित हुनु स्वभाविक भएको र आफुहरुले बजेटप्रति स्ट्यान्ड देखाएको जिकिर गरे । अध्यक्ष ओलीले सत्तारुढ दलहरुसँग बहुमत भएकाले बजेट पारित हुनुलाई आफूहरुले स्वाभाविकै रुपमा लिएको बताउदै बजेटले मुलुकको आर्थिक समाधान गर्न नसक्ने दा बताए ।