सिद्धार्थनगर लायन्सद्धारा रक्तदान कार्यक्रम सम्पन्न

असोज १६, हेल्लो नेपाल ।
लायन्स क्लब अफ सिद्धार्थनगर र लायन्स क्लब अफ सिद्धार्थनगर लोटसको संयुक्त आयोजनामा भैरहवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
हामी सेवा गर्छौ भन्ने मुल नाराका साथ सामाजिक कार्यमा समाहित भएका लायनहरुले समाजिक कार्य गर्ने क्रममा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
द्धितिय ड्रीस्टिक गभर्नर लायन नवराज न्यौपाने पि एम जे एफ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष लायन भिष्मराज न्यौपाने गर्नु भएको थियो ।
सो अवसरमा नेपाल रेड्क्रस सोसाइटी रुपन्देहीका उपाध्यक्ष तथा क्लबका भू पू अध्यक्ष लायन दिपक क्षेत्री न्यौपानेले रक्तदानको महत्त्वका बारे प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा भू पू अध्यक्ष लायन ओमकार गौचन , लायन नारायण अग्रवाल, ग्रीन सिटीका अध्यक्ष लायन गोविन्द प्रसाद गिरी , लोटस क्लबका आइ भि पि दुर्गा आचार्य लगायतले क्लव एंव यसको सामाजिक जिम्मेवारीका बारे बोल्नु भएको थियो । लायन कमल ज्ञावली र लायन मन्जु पराजुलीको संयोजकत्त्वमा भएको कार्यक्रम क्लबका सचिव लायन धर्मराज आचार्यको संचालन तथा मन्जु खरेलको स्वागतमा भएको थियो ।
प्राविधिक हरि प्रसाद सापकोटाले हाल रगतको खासै अभाव नभएतापनि कहिलेकाहीँ सेवाग्राहीलाई ताजा रगत र पलाज्मा रगतको आवश्यकता पर्ने हुदा रगतको अभाव देखिने बताउनु भयो । उक्त रक्तदान कार्यक्रममा ५१ प्वाइन्ट रगत संकलन भएको क्लबका कोषाध्यक्ष लायन उमेश थापा लाटोमगरले बताउनु भयो ।