शुक्रबार, २८ चैत्र २०८१ २२:३९

सियारीमा एक हप्ते उद्घोषण तथा क्षमता अभिवृद्धि तालीम शुरु

बुधबार, २२ मंसिर २०७८ १४:१३

तुलसी राम पौडेल, मंसिर २१

रुपन्देहीको सियारी गाउँपालिकामा मंगलवारदेखी एक हप्ते उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम शुरु भएको छ। लुम्बिनी मिडिया हब तिलोत्तमा -५ रुपन्देहीको आयोजना र सियारी गाउपालिकाको सहयोगमा उक्त तालिम शुरु गरिएको हो ।

सियारी गाउपालिकाका अध्यक्ष अयोध्या प्रसाद थारुले उक्त तालिमको एक कार्यक्रमका बिच उदघाटन गर्नुभएको हो ।सो अवसरमा बोल्दै उहाले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।


तालिम मंसिर २१ देखि शुरु भैइ २७ गते समापन हुनेछ।तालीममा गाउपालिकाका ७ वडाका गरि २४ जना प्रशिक्षार्थी सहभागी थिए ।
लुम्बिनी मिडिया हब प्रालिका अध्यक्ष टेक बहादुर थापाको अध्यक्षता, सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको प्रमुख आतिथ्यता, गाउपालिका उपाध्यक्ष अमृता गुरुङको विशिस्ट आतिथ्यता, लुम्बिनी मिडिया हबका सदस्य देव बहादुर थापाको स्वागत मन्तव्य , राष्ट्रिय अपांग महासघ लुम्बिनी प्रदेश सदस्य सावित्रा घिमिरेको शुभकामना मन्तव्य रहेको कार्यक्रमको संचालन लुम्बिनी मिडिया हब प्रालिका कार्यालय प्रमुख प्रकाश गौतमले गर्नुभएको थियो ।