शनिबार, ६ बैशाख २०८२ ००:५२

सियारी-६ मा नेपाली कांग्रेसको निर्वाचन प्रचार प्रसार कार्यालयको स्थापना

बिहीबार, १० चैत्र २०७८ १३:५९

सियारी- नेपाली कांग्रेसले रुपन्देहीको सियारी गाउँपालका–६ मा स्थानीय तहको निर्वाचनका लागी प्रचार प्रसार कार्यालयको स्थापना गरेको छ । घरघर जाऔं काङ्ग्रेस जिताऔ अभियान अन्र्तगत कांग्रेसले प्रचारप्रसार कार्यालयको स्थापना गरेको हो ।

कार्यालयको शुभारम्भ गर्दै नेपाली कांग्रेस रुपन्देही जिल्लाका उपसभापति थानेश्वर घिमिरेले कांग्रेसलाई जिताउन जनताको घरघरमा पुगेर कांग्रेसले देशका लागी गरेको त्यागको बारेमा जानकारी गराउन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

उहाँले एमसीसीका बारेमा एमालेले दोहोरो चरित्र देखाएकोमा खेद प्रकट गर्दै एमसीसी देशको हितमा रहेको कुरा जनतालाई बुझाउन जरुरी रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा महासमिति तथा प्रदेश सभा सदस्य पुष्पा चौधरी , प्रदेश ख उप सभापति रिता चौधरी, महाधिवेशन प्रतिनिधि बुद्धिराम हरिजन,समाजसेवी धुर्ब नेपाल गाउँपालिका सचिव नन्दा चौधरी, लगायतले बोल्दै पार्टीलाई एकताबद्ध गराएर आगामी निर्वाचनमा देशकै प्रमुख पार्टी बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विभिन्न पार्टी त्याग गरेर नेपाली कांग्रेस प्रवेश गरेका थिए । कार्यक्रम पार्टी प्रवेश गरेका थिए। मिन बा.रोक्का अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन भेषराज अर्यालल े गर्नुभएको थियो ।